प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना देखिएपछि महानगरका सबै सेवा वन्द

२९ भदौ ७७, सोमबार

२९ भदौ, विराटनगर ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रहरीमा कोरोना देखिएपछि महानगरका सबै सेवा बन्द गरिएको छ । प्रमुख प्रशासकीय अधिृकत इन्द्रमणी पोखरेललाई कोरोना पुष्टि भएपछि जोखिम बढेको भन्दै सोमवारदेखि असोज २ गतेसम्म महानगर बन्द गरिएको हो ।

महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै जोखिम बढेकोले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको महानगरले जनाएको छ । यसअघि महानगरका २ वडा अध्यक्षलाई कोरोना देखिएको थियो ।

Advertisement

अहिले महानगरका सबै कर्मचारी होम आईसोलेसनमा बसेको जनाईएको छ । सो अवधिमा स्वास्थ्य, सफाई र बारुणयन्त्र जस्ता अत्यावश्यक सेवा मात्र खुल्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top