आजका प्रमुख खबरहरुः
१.(महामारी बढ्यो)
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १५ गरी हालसम्म मृत्यु हुनेको संख्या ३ सय ३ सय ६० पुग्यो /थप ११ सय ७० जना थपिएसँगै ५५ हजार ३ सय २९ जना संक्रमित /३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त ।
२.(परीक्षण र उपचार)
आज आइतबारसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको कोरोना परीक्षण /देशभर १५ हजार ३ सय ९३ जना आइसोलेसनमा /६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा ।
३.(साँधुरियो कोरोना बीमा)
अब नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने बीमा समितिको निर्णय /आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइने्े / भदौ २८ पछि कोरोना बीमा गरेकाहरुको हकमा नयाँ मापदण्ड लागू हुने ।
४.(फेरि सत्याग्रह)
पटक—पटक सरकारलाई अल्टिमेटम दिँदै आएका वरिष्ठ चिकित्सक गोविन्द केसीले जुम्लामा सुरु गरे १९ औं सत्याग्रह/कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायतका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने लगायतका ६ बुँदे माग ।
५.(कर्म अनुसारको फल)
विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा सहभागी ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा / ओम्नीसँगको खरिद प्रक्रियामा भ्रष्टाचार भएको खुलेपछि सरकारले औषधि खरिदको जिम्मा नेपाली सेनालाई दिएपनि त्यसमा पनि विवाद ।
६.(झण्डा जलाउनेहरु)
म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं अदालतको आदेश /अन्य तीन जना जनही १५ हजार धरौटीमा र ५ जना साधारण तारेखमा रिहा ।
७.(बाल विवाहमुक्त प्रदेश ?)
प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बाल विवाहमुक्त प्रदेश बनाइने मुख्यमन्त्री शेरधन राईको घोषणा / हाल सम्म प्रदेश १ मा ५३ सडक बालबालिकाको उद्धार भएको र ३७ दशमलव ४ प्रतिशत बालबालिका अझै श्रममा रहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क ।
८.(रोकियो कित्ताकाट)
सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा सर्वोच्च अदालतको रोक / न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासद्धारा जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी ।
९.(घर फर्किने अनुमति)
कोरोनाका कारण नेपालमा रोकिएका विदेशी नागरिकहरुको भिसा सेवा सुरु /भिसाको म्याद सकिएकाहरुले सेप्टेम्बर १५ सम्म देश नफर्किए डिसेम्बर १५ सम्म हरेक दिन तीन डलर जरिवाना तिरेर बस्न सक्ने ।
१०.(मलको फोहोर पखाल्दै)
चितवन स्थित निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले रासायनिक मलमा कालोबजारी गरेको पाइएपछि चार जनालाई जनही १० हजार रुपैयाँ जरिवाना/सम्झौता बमोजिम मल नल्याउने शैलुङ र होनीको कम्पनी कालोसूचीमा राख्न कृषि सामाग्री लिमिटेडको सिफारिस ।
११.(जस्तो विउ त्यस्तै फल)
सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृतिले अख्तियारले उदाहरणीय काम गर्न नसकेको आयोगका पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको भनाई / विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने उल्लेख ।
१२.(बारको आँखा खुल्यो)
संवैधानिक नियुक्तिमा हुने गरेको राजनीतिक भागवण्डाका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको नेपाल बार एशोसिएशनको भनाई /न्यायपालिकाको शुद्धिकरण र सुदृढिकरणका लागि काम कारवाही पारदर्शी, निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड ।
१३.(महिला सुरक्षाको चिन्ता)
महिलाहरुलाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने सांसदहरुको भनाई /खाडी मुलुकमा श्रम गर्न गएका महिला असुरक्षित हुने भएकाले श्रमिक महिलालाई पूर्णरुपमा रोक्नुपर्नेमा जोड ।
१४.(रेल विनाको जागिर)
नेपाल रेल्वे कम्पनी लिमिटेडले माग्यो विभिन्न पदका लागि १ सय २९ कर्मचारीको आवेदन माग /रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरुले १५ दिनभित्र आफ्नो विवरण पेश गर्नुपर्ने ।
र,
१५.(रफ्तारमा कहर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ९ लाख २९ हजार बढीको मृत्यु /२ करोड ९२ लाख बढी संक्रमित हुँदा २ करोड १० लाख बढी निको भए /भारतमा विश्वभरमै तीव्र गतिमा संक्रमण ।