रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगियो

२९ भदौ, काठमाडौँ ।
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पुजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुंगमती लगिएको हो ।

गत बैशाखमै बुंगमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल बनेको थियो । कारोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मछिन्द्रनाथलाई बुंगमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन् ।

Advertisement

कोरोना भाइरसले यस पटकको मछिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो । अन्यौलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्न खोज्दा झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्न खोजेपछि झडप भएको थियो । प्रशासनले त्यस क्षेत्रमा एक दिन कफ्र्यु आदेश समेत जारी गरेको थियो । अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए । सोही अनुसार आज बुंगमती लगिएको हो ।

विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चोथो दिनमा भोटो देखाएर मात्रै बंगमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन । उपत्यकामा दिनदिनै बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो ।

मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन । बुंगमतीबासीहरु रातो मछिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए । यसअघि साउन १० गते मछिन्द्रनाथलाई तबहालबाट पुल्चोक पु¥याएर त्यहँ रथारोहण गरिएको थियो । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top