राष्ट्रिय झण्डा जलाउने गायक गेल्जङ दोर्जे तामाङ जेल चलान

२९ भदौ, काठमाडौं ।
जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौक न्यायाधीश विनोदराज पोखरेलको इजलासले मुख्य अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

Advertisement

पक्राउ परेका मध्ये ३ जनालाई १५ हजार धरौटीमा रिहा र ५ जनालाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

गत भदौ १ गते झण्डा जलाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो ।

Advertisement

मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएपछि व्यापक आलोचना भएको थियो । भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top