सवारी साधनमा देवनागरी लिपिका लागि प्रक्रिया शुरु

२९ भदौ ७७, मंगलबार

३० भदाै, काठमाडाैँ ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सवारी साधनमा देवनागरी लिपि कायम रहने आवश्यक प्रक्रिया शुरु भएको जनाएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका तर्फबाट साेमबार ध्यानाकर्षपत्र बुझ्दै मन्त्री नेम्वाङ्ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट सोबारे निर्देशन प्राप्त भइसकेको र आफूले समेत यातायात व्यवस्था विभागका महानिर्देशकलाई कानुनी प्रक्रिया पूरा गरी ऐनमा संशोधन गर्नुपर्ने भए सो प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेको बताए ।

Advertisement

नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा रोमन लिपिको अङ्ग्रेजी भाषामा इम्बोस्ड नं. प्लेट राख्न शुरु गरिएकामा प्रज्ञा–प्रतिष्ठानका तर्फबाट यसअघि कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीलाई भेटी सवारी साधनमा देवनागरी लिपि नै रहनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

मन्त्री नेम्वाङ्लाई आज प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा।डा। हेमनाथ पौडेलले भेटी कार्यान्वयनका निम्ति ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

Advertisement

सो अवसरमा ध्यानाकर्षण गराउँदै सदस्य सचिव उपाध्याय र प्राज्ञ पौडेलले नेपालको संविधानमा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख हुँदाहुँदै सोको बर्खिलाप हुने गरी विगतमा रोमन लिपिको अङ्ग्रेजी भाषामा नं. प्लेट राख्ने निर्णय हुनु उचित नभएको व्यहोरा जानकारी गराएका थिए ।

सबै नेपालीहरूको साझा सम्पर्क भाषाका रूपमा रहेको नेपाली भाषा र देवनागरी लिपिको संरक्षण र संवद्र्धनका निम्ति आफू सदैव तत्पर रहेको कुरा समेत मन्त्री नेम्वाङले बताए । उनले वर्तमान सरकार नेपालको पहिचानका रूपमा रहेका भाषा, संस्कृति र साहित्यको संरक्षणका सवालमा अत्यन्त गम्भीर रहेको समेत उल्लेख गरेका थिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top