त्रिभुवन विमानस्थलमा अब उडान र अवतरणमा जहाज होल्ड नहुने

३० भदौ, काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण सम्पन्न भएका विभिन्न चारवटा आयोजनाको उद्घाटन गरेका छन् । उनले कोभिड १९ संक्रमणको अवस्थामा पनि विमानस्थलका कर्मचारी र निर्माण कम्पनीहरुले निरन्तर काम गरेकाले आयोजनाहरु समयमै सम्पन्न गर्न सम्भव भएको बताए ।

उनले अब अन्तर्राष्ट्रिय उडान पनि विस्तारै पुरानै लयमा फर्किने समेत बताए । पर्यटकहरु नेपाल ल्याउने, नेपाली नागरिकलाई ल्याउने र विभिन्न आयोजनामा काम गर्ने प्राविधिक कर्मचारीलाई ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि उडानहरुलाई विस्तारै पुरानै लयमा फर्काउन आवस्यक रहेको मन्त्री भट्टराईको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देशको ऐना समेत भएकाले बिमानस्थल भित्रका संरचनाहरुलाई सुधार गरिएको मन्त्री भट्टराईले बताए । विज्ञान र प्रविधिले विकास गरेका चिजहरुलाई लागू गरी विमानस्थलको क्षमता बढाउँदै लैजाने पनि भट्टराईले बताए । अहिले विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको र पार्किङ क्षेत्र समेत थपिएकाले अवदेखि कुनैपनि जहाज अवतरण र उडान गर्नका लागि होल्ड हुनुपर्ने अवस्थाको अन्त्य भएको समेत बताए । मन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दाे उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिने बताए । निकट भविश्यमा ठूलो संख्यामा जहाज पार्किङ गर्ने र सहजै जहाजको उडान तथा अवतरण गर्ने गरी गुरुयोजना तयार पारिसकेको समेत उनले बताए । विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top