होम आइसोलेसनमा रहेका शशांक कोइराला आइसीयूमा भर्ना

३१ भदौ ७७, बुधबार
Share this
719shares

३१ भाद्र, काठमाडौं ।
कोभिड १९ संक्रमित भएर आइसोलेसनमा रहेका नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

Advertisement

उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि राति नै उनलाई अस्पताल लगिएको हो। सात दिनदेखि लगातार ज्वरो आइरहेको थियो। अस्पताल लैजाँदा नै ठीक हुन्छ भन्ने डाक्टरको सुझाव अनुसार अस्पताल लगिएको हो,ु कोइरालाको पारिवारिक स्रोतले भन्यो।

उनलाई राजधानीको ओम अस्पताल पुर्‍याइएको हो। उनलाई अहिले आइसीयूमा राखेर उपचार थालिएको छ। आइसीयूमा राखेको भए पनि अक्सिजन लगाउनुपर्ने अवस्थामा हुनुहुन्न, पारिवारिक स्रोतले भन्यो। ओम अस्पतालका मिडिया कोअर्डिनेटर विनोद अधिकारीका अनुसार कोइरालालाई गएराति सवा ८ बजे अस्पताल भर्ना गरिएको हो।

Advertisement

गएको भदौ २३ गते उनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा रहँदै आएका थिए। नेपाली काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिको प्रत्यासीका रुपमा उभ्याएका शशांक आफैँ पनि चिकित्सक हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top