कतारको जनजीवन सामन्यतर्फ: सिनेमा हल, स्वीमिङ पुल पनि खुल्दै

३१ भदौ, दोहा ।
कतारले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्ध क्रमश हटाइदै लागेको छ । कतारले यसअघि सेप्टेम्बर १ अर्थात चौथो चरण देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको भएपनि चौथो चरणलाई विभिन्न भागमा बिभाजन गरेको थियो । चौथो चरणको पहिलो भाग समाप्त भएसंगै मंगलबार देखि दोश्रो भाग सुरु भएको कतारको बिपत व्यवस्थापन समितिले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै समितिले कोरोनाको खोप निर्माण नहुँदासम्म सावधानी अपनाउनुपर्ने जनाएको छ । कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३० प्रतिशतयात्रु क्षमता राखेर सञ्चालनको अनुमति दिइएको छ । सार्वजनिक यातायात क्षेत्रका सम्पूर्ण कर्मचारीले कोरोना परीक्षण गर्नु पर्ने, सबै सावधानीका उपायहरू सुनिश्चित भए नभएको अनुगमन गर्न सुपरभाइजरहरू पनि परिचालन गर्न कतारको स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

कतारले चौथो चरणको दोश्रो भागदेखि ३० प्रतिशत सिनेमा हल तथा थियटर खोल्न दिने भएको छ । जसमा १८ बर्षभन्दा मुनिकालाई प्रवेश दिइने छैन । त्यस्तै हेल्थ क्लब, जिम सेन्टर तथा सार्वजनिक स्वीमिङ पुल ३० प्रतिशत खुल्ने जनाएको छ ।

Advertisement

कतारमा अहिलेसम्म संक्रमितको संख्या १ लाख २२ हजार २१४ जनापुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख १९ हजार १४४ जनापुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाका कारण २०८ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १८ जना नेपालीको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारमा सक्रिय संक्रमितको २ हजार ८६२ रहेको मन्त्रालयले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङ्क छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top