इंग्लिस प्रिमियर लिगः लिड्स युनाइटेडद्वारा पहिलो जित दर्ता

इंग्लिस प्रिमियर लिगः लिड्स युनाइटेडद्वारा पहिलो जित दर्ता

४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।

लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हो । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए । मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २-१ को अग्रता लिन सफल भयो ।

पहिलो हाफमा २-१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जित पक्का गरेको थियो ।

पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३-१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४-२ मा ल्याएका थिए । ६७ औं मिनेटमा मिट्रोभीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४-३ मा ल्याए पनि हार भने टार्न सकेनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.