४ असोज, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले लगातार दोस्रो जित हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता हात पार्ने क्रममा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो ।
यसअघि आर्सनलले पहिलो खेलमा फुलह्याममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल गरे । पाहुना टोलीका माइकल एन्टोनियोले गरेको गोल सान्त्वना बन्यो ।
लगतार दुई जित हात पारेको आर्सनल ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । वेस्टह्यामले अंकको खाता खोल्न सकेको छैन । एभर्टन ६ अंक जोडेर शीर्षस्थानमा छ ।