बेलायतमा सेल्फ-आइसोलेसनमा नबस्नेलाई १० हजार पाउण्डसम्मको जरिवाना हुनसक्ने

४ असोज, एजेन्सी । बेलायतमा ’सेल्फ-आइसोलेसन’मा नबस्नेलाई १० हजार पाउण्ड (१५ लाख नेपाली रुपैयाँ) सम्मको जरिमाना गर्ने घोषणा गरिएको छ ।

Advertisement

घोषणा अनुसार कोरोना पोजेटिभ पाइएका र ट्रेसिङका क्रममा संक्रमितको निकटमा आएका सबैजना ’सेल्फ-आइसोलेसन’मा बस्नुपर्नेछ । यो नियम सेप्टेम्बर २८ बाट लागु हुनेछ।

बिबिसीका अनुसार नयाँ सुरक्षा सावधानीमा निम्न आय भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ । यस्तै ’सेल्फ-आइसोलेशन’मा बसेकालाई कारवाही गर्ने रोजगारदातालाई जरिवाना तिराइनेछ ।

Advertisement

नयाँ कानुन अनुसार ’सेल्फ-आइसोलेसन’मा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिमाना तिर्नुपर्नेछ भने पटके उल्लघंनकर्ताका लागि यो जरिमाना १० हजार पाउण्डसम्म हुनसक्नेछ।

बेलायतमा अहिलेसम्म ’सेल्फ-आइसोलेसन’लाई एउटा निर्देशनका रूपमा मात्र राखिएको थियो, दण्डनीय बनाइएको थिएन।

Advertisement

नयाँ नियमको घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोना भाइरस विरूद्धको लडाईंका लागि उत्कृष्ट तरिका भएको बताएका छन्।

कोरोनाको कम जोखिम भएका भनेर सूचिकृत गरिएका बाहेकका मुलुकबाट बेलायत आउने सबैले १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम बेलायतले बनाएको छ ।

शनिबार बेलायतमा कोरोनाका ४ हजार ४ सय २२ नयाँ संक्रमित फेला परेका थिए भने २७ जनाको मृत्यु भएको छ।

स्टकल्याण्डमा ३ सय ५० नयाँ संक्रमित फेला परेको छन्, जुन मे यताकै सर्वाधिक दैनिक संख्या हो।

यस्तै वेल्स र उत्तरी आयरल्याण्डमा क्रमशः २१२ र २२२ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top