त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेर आगलागी

३ असोज ७७, आइतबार

४ आश्विन, धादिङ ।
पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ ।

भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर शनिबार राति १ बजे त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए ।

पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ ।

ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित छन् । उनीहरु बिहान मात्रै प्रहरीको सम्पर्कमा आएका हुन् । ट्याङ्करको स्टेयरिङ भाँचिएर नियन्त्रण गर्न नसक्दा पल्टिएको चालक बोहोराले प्रहरीसमक्ष बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top