कोरोनाविरुद्धका जडिबुटी लिएर संक्रमितको घर-घर पुग्दै नेकपाका नेता

कोरोनाविरुद्धका जडिबुटी लिएर संक्रमितको घर-घर पुग्दै नेकपाका नेता

४ असोज, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना कोरोना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र महानगर अध्यक्ष सागर थापा नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर संक्रमितको अवस्थाको जानकारी लिएको हो ।

अध्यक्ष थापाकाअनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार रवडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो । भेटका क्रममा केन्द्रीय सदस्य समेत रहेका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया,च्यावनप्रास, गेडागुडी हस्तान्तरण गरेका थिए ।

नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिब ११ सय संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको जनाएको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया र सद्भाव गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.