×

NEPAL TIMES UPDATES

Playing
नेपालमा ८ महिनालाई पुग्ने चिनी मौज्दात, भण्डार र कालोबजारी नगर्नु || Nepal Times
May 17, 2026
Playing
देउवाका चार सारथिको मोर्चाबन्दी गगनलाई हुनसक्छ भारी || Nepal Times
May 16, 2026
Playing
साउदीमा १३० नेपाली श्रमिकको मृ त्यु, ५४४ जना जेलमा || Nepal Times
May 16, 2026
Playing
Watch Top15 News Of The Day in 7 Minutes || Nepal Times
May 16, 2026
Playing
गगन सिंगो पार्टीको सभापति बन्न सकेनन् || Nepal Times
May 16, 2026
Playing
ट्रम्पपछि लगत्तै पुटिन चीन जाने, एकपछि अर्का शक्तिशाली नेता बेइजिंग पुग्दै || Nepal Times
May 16, 2026
Playing
बालेनको नाम लिएर धाकधम्की दिने व्यक्तिबारे खबर गर्न अपिल || Nepal Times
May 16, 2026
Playing
तीन वर्षपछि कुशलले बनाए शतक|| Nepal Times
May 16, 2026
Playing
विनाशबाट उठेर पुनर्निर्माण र सम्भावनाको प्रतीक बन्यो ‘बारपाक’|| Nepal Times
May 16, 2026
Playing
जापानमा ६.७ म्याग्नीच्यूडको भूकम्प, इरानी दाबीमा युएईको खण्डन|| Nepal Times
May 16, 2026

ट्रम्पलाई विषाक्त पत्र पठाएको आशंकामा एक महिला पक्राउ

५ आश्विन २०७७

५ असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त (रिसिन नामक खतरनाक केमिकल) पत्र पठाएको आशंकामा एक महिलालाई पक्राउ गरिएको त्यहाँको अनुसन्धान एजेन्सीले जनाएको छ ।

विषाक्त पत्र पठाएको आशङ्का गरिएकी महिला क्यानडाबाट अमेरिका प्रवेश गर्न खोजेको अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement

तर ती महिला को हुन् भन्नेबारेमा अन्य जानकारी दिइएको छैनन् । ती सबै पत्र राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको टेक्ससमा गरिएको अनुसन्धानको क्रममा खुलेको छ ।

अमेरिकी कानुन प्रवर्तन अधिकारीका अनुसार ती महिलाले बन्दुक बोकेकी थिइन् र उनलाई अमेरिकी अधिकारीहरुले पक्राउ गरेका हुन् ।

अमेरिकी अभियोजनकर्ताहरुले ती महिलामाथि आरोप लगाउने आशा गरिएको छ ।

कानुन प्रवर्तन अधिकारीहरुका अनुसार गएको हप्ता ट्रम्पलाई पठाइएको रिसिनसहितको प्याकेजलाई रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यसअघि भनेको थियो । त्यो पत्र क्यानडाबाट आएको सम्बन्धमा अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी अधिकारीहरुले यो घटनामा पोस्टल सिस्टमको प्रयोग गरिएको बताएका छन् ।

Advertisement
Advertisement

वाशिङ्टनको ज्वाइन्ट टेररिज्म टास्क फोर्सलाई यो घटनाको अनुसन्धानको अधिकार दिइएको छ । यसमा न्युयोर्क प्रहरीको विशेष युनिटले यो अनुसन्धान एजेन्सीलाई मद्दत गर्नेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top