बहराइनका राजकुमारको टोलीलाई मनास्लु आरोहणको अनुमति

बहराइनका राजकुमारको टोलीलाई मनास्लु आरोहणको अनुमति

६ असोज, काठमाडाैँ ।
बहराइनका राजपरिवारका एक सदस्य (राजकुमार) सहित १८ जनाको टोलीले मनास्लु हिमाल आरोहणको अनुमति पाएको छ । उक्त टोलीले नेपालको स्वास्थ्य प्रोटोकल अनुसार ७ दिनको क्वारेन्टिन बसाई अवधि पुरा गरी आरोहण अनुमति लिएको हो ।

बहराइनका १५ जना र बेलायतका तीन जना गरी १८ जनाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अनुमति पाएको पर्यटन विभागले जनाएको छ । करिब दुई महिनाको बसाई अवधिमा यो टोलीले मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछ ।

उनीहरुबाट १६ हजार दुई सय डलर अर्थात् १८ लाख ९७ हजार रुपैयाँभन्दा धेरै रोयल्टी सङ्कलन भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन् । उक्त टोली भदौ ३१ गते बुधबार नेपाल आएको टोलीले थियो ।

काेराेना भाइरसकाे कारण नेपालमा लगाइएकाे लकडाउनपछि हिमाल आराेहण गर्न आउने याे पहिलाे विदेशी टाेली हाे ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.