लुकिछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा

काठमाडाैं : लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन।

Advertisement

यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो। लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ। आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन्।

चैत १० गते मन्त्रिपरिषद् बैठकले नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ। पछिल्लो पटक भदौ २९ को सरकारी निर्णयअनुसार असोज मसान्तसम्म सीमानाका बन्द हुनेछन्। मालवाहक गाडीबाहेक अन्य सीमानाकाबाट आवतजावत गर्न नपाइने निर्णय भए पनि भारतबाट मानिस लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन।,यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top