नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ७ जनाकाे मृत्यु

७ असाेज, काठमाडाैँ ।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

Advertisement

आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ । प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन् ।

Advertisement

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बागमती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top