बालुवाटारमा ओली–प्रचण्ड छलफल

बालुवाटारमा ओली–प्रचण्ड छलफल

८ असोज, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ३ घण्टा छलफल भएको छ । उनीहरुबीच विहान साढे ११ बजेदेखि २ बजेसम्म छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो । सचिवालय बैठकले तोकिदिएको सोही जिम्मेवारीअनुसार अध्यक्षद्वय अहिले छलफलमा जुटेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।

जारी सचिवालय बैठकमा भएको कार्यसूचीअनुसार संवैधानिक निकायमा गर्नुपर्ने पदपूर्ति, पार्टीको साँगठनिक एकीकरणको बाँकी काम तथा मन्त्रिपरिषद पुनर्गठन लगायतको विषयमा दुई अध्यक्षबीच छलफल हुनसक्ने अनुमान गरिएको छ ।

गत मंगलबार बसेको सचिवालय बैठकपछि अर्को बैठक कहिले बोलाउने विषयमा दुई अध्यक्षले टुङ्गो लगाउने विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । पार्टी एकताको दुई वर्ष बढी भएपनि नेकपाको भातृ संगठनबीचको एकता प्रक्रिया अझै टुङ्गो लाग्न बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.