८ असोज, विराटनगर ।
विराटनगरमा पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । बिराटनगर– १५ रानी एरिया स्थितमा बस्ने ५५ बर्षीया समिरु नेसाको पर्खाल भत्किएर किच्दा मृत्यु भएको हो ।
बिहीबार बिहान साढे ८ बजे कलमा पानी लिनका लागि जाँदै गर्दा एक्कासी सोहि स्थानमा रहेको बिराट जुटमिलको पर्खाल भत्किएर समिरुलाई किच्दा उनी गम्भिर घाईते भएकी थिईन् ।
घाइते समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
