×

NEPAL TIMES UPDATES

Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026

मोबाइल एप्समा आधारित टेलिभिजन बन्द गराउन केबल ब्यवसायीको माग

८ आश्विन २०७७

८ असोज, काठमाडौँ ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउनमाग गरेका छन् । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउनमाग गरेका हुन्।

नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत प्रभु टिभि र नेट टिभिले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्र्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे ।

Advertisement
Advertisement

व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी/मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् ।

यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अर्बौं रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top