गोरखाको बिहीमा भएका श्रृंखलावद्ध हत्याका घटनाहरू प्रहरी कहाँ नपुगेको भन्दै वडाध्यक्षलाई सदरमुकाम झिकाइयो

८ असोज ७७, शुक्रबार

९ असोज, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-५ बिहीका अध्यक्ष सोनाम लामालाई प्रहरीले सदरमुकाम झिकाएको छ।

Advertisement

वडाभित्र श्रृंखलावद्ध हत्या भएपनि ती घटनाहरू प्रहरी कहाँ नपुगेको र गाउँमै गुपचुप मिलाउने गरेको खबर सार्वजनिक भएपछि वडाध्यक्षलाई सदरमुकाम बोलाइएको प्रहरीले जनाएको छ ।

केही दिनअघि अन्नपूर्ण पोस्टले ‘श्रृंखलावद्ध घटना गुपचुप’ शीर्षकमा बिहीको खबर छापेको थियो। ती घटनाका सम्बन्धमा सोधपुछका लागि प्रहरीले वडाध्यक्ष लामालाई जिल्ला प्रहरी कार्यालय गोरखा बोलाएको हो।

Advertisement

गोरखाका एसपी सुरेन्द्र गुरूङका अनुसार वडाध्यक्ष गुरूङलाई पक्राउ गरिएको भने होइन।

वडाध्यक्ष लामासँग साथमा प्रहरी भने आएका छैनन्। बिही गाउँमा विगत १५ वर्षमा आठ वटा घटना भए पनि ती घटनाहरू प्रहरीसम्म पुगेका थिएनन्।

Advertisement

पछिल्लो समय एक साता अगाडि बिहीकी करिब ५० वर्षकी ङिमा साङ्मोको मृत्यु भएको थियो। कुटपिटबाट उनको मृत्यु भए पनि कुटपिटमा संलग्नलाई कसैले उजुरी गरेन। पीडित पक्षलाई पैसा दिएर घटना गाउँमै गुपचुप मिलाएको आरोप छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top