करिब आधा किलो सुनसहित दुई जना पक्राउ

१० असोज ७७, आइतबार

११ आश्विन, काठमाडौं ।
प्रहरीले अबैधरुपमा भित्रिएको सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कञ्चनपुरको संयुक्त टोलीले शनिवार करिब आधा किलो सुन सहित दुई जनालाई समातेको हो। पक्राउ पर्नेहरूमा डोटी के.आई. सिह गाउँपालिका वडा नम्बर २ बस्ने २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ४ सय ४० ग्राम सुन फेला पारेको हो। कञ्चनपुर पुनर्बास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सीमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शङ्का लागेर चेक गर्दा तयारी सुनका गरगहना सहित प्रहरीले नियन्त्रणमा लिएको हो।

Advertisement

प्रहरीले बरामद गरेको सुनको मूल्य अहिलेको बजार मूल्य ३५ लाख रुपैयाँ भन्दा बढी पर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top