चितवनमा सशस्त्र प्रहरीको दुईवटा बीओपी स्थापना

११ असोज ७७, सोमबार

१२ आश्विन, चितवन ।
चितवनमा एकैदिन सशस्त्र प्रहरी बलको दुई वटा बोर्डर आउट पोस्ट (बीओपी)स्थापना गरिएको छ।

Advertisement

चितवनको माडी नगरपालिका वडा नम्बर १ गर्दिस्थित केदारेश्वर प्राबि र सोही नगरपालिका वाड नम्बर ९ स्थित राइडांडा प्रथमिक बिद्यालयमा बीओपी स्थापना गरिएको हो। मर्ज भएपछि खाली रहेका बिद्यालयमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपक कुमार थापाले जानकार दिए।

असोज ११ गते सशस्त्र प्रहरि बल वाग्मती प्रदेश मुख्यालय नम्बर ३ गढीमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बीओपी उद्घाटन गरेका हुन् ।

Advertisement

दुवै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको हो। बीओपी स्थापनासँगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छ्न्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top