आन्तरिक उडानको संख्या बढ्याे, बिहीबारदेखि दैनिक ७१ उडान

१३ असोज ७७, बुधबार

१४ असोज, काठमाडौं ।
सरकारले असोज पाँच गतेबाट सुरु गरेको आन्तरिक उडानको संख्या बढाएको छ। असोज १५ गते बिहीबारबाट लागू हुने गरी आन्तरिक उडानको संख्या बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका स्रोतले जनाएको छ ।

Advertisement

आन्तरिक उडान खुलेसँगै हवाई यात्रुको चाप निरन्तर बढिरहेको थियो। यसअघि प्राधिकरणले २५ प्रतिशत उडान गर्दै आएको थियो भने अहिले बढाएर ३५ देखि ४० प्रतिशत उडान र्पुयाउने गरी उडान संख्या बढाइएको हो ।

प्राधिकरणका अनुसार यसअघि बुद्धले दैनिक १८ उडान गर्दै आएको बिहीबारदेखि २५ उडान गर्न पाउने छ भने १२ उडान अनुमति पाएको यतीले अब दैनिक १८ उडान गर्न पाउने भएको छ।

Advertisement

यसैगरी श्रीले पहिले ६ वटा उडानको अनुमति पाएकोमा अब दैनिक १२ वटा गर्न पाउने भएको छ। यसैगरी सिम्रिक र सौर्यलाई भने दैनिक २ वटा उडानको अनुमति दिइएको छ।

प्राधिकरणका अनुसार दुर्गमका उडान गर्ने सीता, तारा र समिटले पनि अब दैनिक ४–४ वटा उडान गर्न पाउने छन् । यो उडान अक्टोबरभरिका लागि लागू हुने प्राधिकरणले जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top