बाबरी मस्जिद प्रकरण : सबै ३२ अभियुक्तले पाए सफाइ

१३ असोज ७७, बुधबार

१४ असोज, एजेन्सी ।
भारतको अयोध्यामा २८ वर्षअघि बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तले सफाइ पाएका छन् ।

बुधबार अन्तिम पटक फैसला सुनाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) अन्तर्गत गठित विशेष अदालतले राम मन्दिर आन्दोलनका प्रमुख तथा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेताहरू लालकृष्ण अडवाणी, मुरली मनोहर जोशी र उमा भारतीसहित ३२ अभियुक्तलाई सफाइ दिइएको हो । फैसला सुनाउने न्यायाधीश आज नै पदमुक्त हुँदैछन् ।

न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो फैसलापछि बाबरी एकशन कमिटीका संयोजक तथा अल इण्डिया मुस्लिम पर्सनल ल बोर्डका सदस्य जफरयाब जिलानीले आफूहरु असन्तुष्ट रहेको र उच्च अदालत जाने बताएका छन् । यो मामिलामा सीबीआईसँग फेरि जाँच गर्नको लागि अपिल गरिने उनले भने ।

१९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी ‘कार सेवकहरू’ ले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए । त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये अघिल्लो महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, भाजपा नेत्री उमा भारती पनि हुन् । अदालतले फैसलाका दिन सबै अभियुक्तलाई उपस्थित हुन आदेश दिएको थियो । तर, आडवाणी, जोशी र भारतीलगायत उपस्थित नभएको सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा २६ जना अभियुक्त मात्र उपस्थित रहेको बताइएको छ ।

घटनापछि भारतीय केन्द्र सरकारले १९९३ मा विवादास्पद जमिन र वरिपरिको ६७.७ एकड जमिन नियन्त्रणमा लिएको थियो । सन् २०१० मा अलाहावाद उच्च अदालतले विवादास्पद भूमिलाई राम लल्ला (जन्मभूमि), निर्मोही अखडा र ऐतिहासिक मुस्लिम पवित्र भूमिमा भाग लगाउने फैसला गरेको थियो । उक्त निर्णयको भाजपा र हिन्दूवादी संगठन मात्र नभएर मुस्लिम संगठनले पनि विरोध गरेका थिए ।

सर्वोच्च अदालतले २०११ मा अलाहावाद अदालतको फैसलामाथि रोक लगाउने निर्णय र्गयो । त्यसपछि उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनः एक दर्जनभन्दा बढी रिट दायर गरिए । ९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतले ती सबै रिट एउटै इजलासमा हेर्ने निर्णय गरेको थियो । त्यसपछि राममन्दिर–बाबरी मस्जिद विवादको सुनुवाइ सर्वोच्चमा लगातार ४० दिन चलेको थियो । अदालतले अन्तिम फैसला ९ नोभेम्बर २०१९ मा सुनाएको थियो । अदालतको उक्त फैसलापछि राममन्दिर निर्माणको बाटो खुलेको थियो ।

सो स्थानमा गत ५ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर शिलान्यास गरेका  छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top