×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

आईपीएल : कोलकाताद्वारा राजस्थान ३७ रनले पराजित

१५ आश्विन २०७७

१५ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । बुधबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनायो । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो ।

खेलमा राजस्थानका अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि एकल प्रयास टोलीको जितको लागि पर्याप्त भएन । राजस्थानका तीन खेलाडी मात्र दोहोरो अंकमा रन बनाउन सके । ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।

Advertisement
Advertisement

प्याट कमिन्सको दोस्रो ओभरको अन्तिम बलमा कप्तान स्टिभ स्मिथ एज लाग्दै विकेटकिपर दिनेश कात्तिकबाट ३ रनमा क्याच आउट हुन पुगे । पाँचौ ओभरको पहिलो बलमा सन्जु स्यामसनलाई शिवम माभीले सुनिल नारायणबाट ८ रनमा क्याच आउट गराउँदै दबाब बढाए । सातौं ओभरको पहिलो बलमा विकेटकिपर जस बटलर २१ रनमा क्याच आउट भए ।
बटलरलाई माभीले बरुण चक्रबर्तीबाट १६ बलमा १ चौका र २ छक्का सहित २१ रनमा क्याच आउट गराएपछि राजस्थान समस्यामा परेको थियो । आठौं ओभरको पहिलो बलमा रबिन उथप्पा दुई रनमा आउट हुन पुगे । उथप्पालाई कमलेश नगरकोटीले माभीबाट क्याच आउट गराए । दुई बल पछि रियान परागलाई एक रनमा सुभमन गिलबाट क्याच आउट गराएपछि राजस्थान ४२–५ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रममा ब्याट्सम्यान पनि क्रिजमा लामो समय जम्न सकेनन् । ११ औं ओभरको पाँचौ बलमा बरुणले राहुल टेवाटियालाई १४ रनमा बोल्ड आउट गरे । १४ औं ओभरको पाँचौ बलमा श्रेयस गोपाल नारायणले पाँच रनमा क्याच आउट गराए । १५ औं ओभरको चौथो बलमा जोफ्रा आर्चरलाई बरुणले नगरकोटबाट ६ रनमा क्याच आउट गराएपछि राजस्थानको जित टाढिएको थियो । जयदेव उनादकट ९ रनमा क्याच आउट भए । अंकित राजपुत ७ रनमा अविजित रहे ।

बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम माभीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । कमलेश नगरकोटीले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स, कुलदीप यादव र सुनिल नारायाणले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कोलकातालाई बलियो अवस्थामा पुर्याउन तल्लोक्रममा ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहे । कमलेश नगरकोटी ५ बलमा १ चौका सहित ८ रनमा अविजित रहे ।

ओपनर सुनिल नारायणलाई पाँचौ ओभरको पाँचौ बलमा जयदेव उनादकटले १५ रनमा बोल्ड आउट गर्दै राजस्थानलाई पहिलो सफलता दिलाए । ठूलो सट खेल्नेक्रममा मिस भएपछि उनी बोल्ड आउट हुन पुगेका थिए । नारायणले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

स्पिनर राहुल टेवाटियाको १० औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका नितेश राणा लङ अनमा रियान परागबाट २२ रनमा क्याच आउट हुन पुगे । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

१२ औं ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ओपनर सुभमन गिललाई ४७ रनमा कट एण्ड बोल्ड आउट गरे । गिलले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । एज लागेपछि गिल कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए ।

१४ औं ओभरको पहिलो बलमा कप्तान दिनेश कात्तिक १ रनमा आउट भए । उनलाई आर्चरले विकेटकिपर जस बटलरबाट क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल २४ रनमा क्याच आउट भएपछि कोलकाता ११५– ५ को कमजोर अवस्थामा पुगेको थियो । रसेलले १४ बलमा ३ छक्का प्रहार गरे ।

रसेललाई अकिंत राजपुतले उनादकटबाट क्याच आउट गराएका थिए । १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका प्याट कमिन्सलाई डिप ब्याकवार्ड स्क्वायरमा सन्जु स्यामसनले एक हातले उत्कृष्ट क्याच ल्याउँदै १२ रनमा पेभिलिएन फर्काए ।

जोफ्रा आर्चरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । जयदेव उनादकटले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । राहुल टेवाटियाले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अंकित राजपुतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए । टम करनले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।

Advertisement

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । राजस्थानले शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ भने कोलकाताले शनिबारनै दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top