रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

२४ असोज ८३, शनिबार
Share this
649shares

२४ असोज , काठमाण्डौ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने घोषणा ।

अमेरिकामा इन्धनको मूल्य बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्ने दबाबमा रहेका ट्रम्पको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनाए आपत्ति ।

Advertisement

जेलेन्स्कीले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको उपहार भन्दै ‘युद्ध लम्ब्याउन गरेको लगानी’का रुपमा गरे टिप्पणी ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने दिएका थिए जानकारी ।

Advertisement

नोभेम्बरमा पाँच लाख टन र त्यसलगत्तै थप १० लाख टन डिजेल आपूर्ति गरिने ट्रम्पको घोषणा ।

रुसका तेल प्रशोधन केन्द्रको अवस्थाका आधारमा छोटो अवधिमै थप ३० लाख टन डिजेल उपलब्ध गराइने ट्रम्पले गरे दावी ।

रुसी राष्ट्रपति पुटिनले पनि शुक्रबार ट्रम्पसँग विश्वव्यापी ऊर्जा अवस्थाबारे कुराकानी भएको गरे पुष्टि ।

अमेरिका र विश्व बजारमा तेल तथा पेट्रोलियम पदार्थ आपूर्ति गर्न रुस तयार पुटिनको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top