२४ असोज , काठमाण्डौ ।
बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध ।
पछिल्लो विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध ।

धादिङको धुनिबेशी ९, खत्रीपौवामा गएको पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा ।
यसै गरी धादिङको गजुरी –५, गलौंदीमा पनि पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध ।

काभ्रेमा पनि बाढीका कारण बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध ।
गण्डकी प्रदेश अन्तर्गत म्याग्दीको रघुगंगा २, बैसरीमा गएको पहिरोका कारण बेनि–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा ।
नवलपरासी पूर्वको बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा ।
तर ठुला गाडीहरू जान नसक्ने अवस्था ।
बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा ।
पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध ।
भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु ।
सल्यानको बनगाड कुपिण्डे –११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध ।



