खोटाङमा बेपत्ता महिला मृत फेला

१४ असोज ७७, बिहीबार

१५ असोज, खोटाङ । खोटाङ केपिलासगढि-२ कुदुङ बस्ने-६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् । हिजो अपरान्ह ५ बजे उनी घरबाटै हराएको भनि आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए ।

Advertisement

घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान उनकै घर देखी करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top