×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले भने, ३६ वर्षदेखि ’हतकडी’ सुरक्षाकर्मीलाई लगाइएको रहेछ || NepalTimes
Apr 05, 2026
Playing
Trumpका लागि दीर्घ रोग बन्यो इ*रानयु*द्ध,४८ घण्टा निर्णायक|| Nepal Times
Apr 05, 2026
Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्री कार्यालयको चासो

१७ आश्विन २०७७

काठमाडौँ : करिब एक दशकदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरूको लक्षित प्रगति नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती आयोजनाहरूप्रति चासो देखाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौरवका आयोजनाका प्रमुखहरूलाई पालैपालो बोलाएर कामलाई निरन्तरता दिन र समयमै सक्न निर्देशन दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको ‘एक्सन रुम’ बाट गौरवका आयोजनाहरूको पटक–पटक अनुगमन तथा समयमा काम सक्न निर्देशन दिँदै आउनुभएको छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाहरूको अहिलेसम्मको कार्य प्रगति तथा के कति कारणले आयोजनाहरू लक्ष्यअनुरूप अगाडि बढ्न सकेनन् लगायतका विषयमा आयोजनाका प्रमुखहरूसँग चरणबद्ध छलफल सुरु गरेको प्रधानमन्त्री विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

असोज १३ गतेदेखि सुरु गरिएको छलफलमा आयोजना प्रमुखहरूले आयोजनाबारे विस्तृत् प्रस्तुति गर्ने गरेका छन् । छलफल कार्यक्रम यही असोज १९ गतेसम्म जारी रहनेछ । प्रधानमन्त्री ओलीको निर्देशनमा सुरु गरिएको यो छलफलले गौरवका आयोजनाहरूलाई अगाडि बढ्न थप मद्दत पुग्ने विश्वास गरिएको थपलियाले बताउनुभयो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, विद्युत् प्रसारण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, महाकाली सिँचाइ आयोजनाका प्रमुखहरूसँग छलफल सम्पन्न भइसकेको छ ।

त्यसैगरीे सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषका प्रमुखहरूसँग छलफल गरी आयोजनाहरूको कार्य प्रगति र समस्या पहिचानबारे छलफल गरिएको विकास व्यवस्थापन विज्ञ थपलियाले जानकारी दिनुभयो ।

छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, आर्थिक सल्लाहकार लालशङ्कर घिमिरे, प्रेस सल्लाहकार सूर्य थापा, प्रधानमन्त्री कार्यालयका सचिव यादवप्रसाद कोइराला, डा. तीर्थ ढकाल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, आयोजनासँग सम्बन्धित मन्त्रालयका सचिवहरू लगायतको सहभागिता रहने गरेको छ ।

Advertisement

आयोजना प्रमुखहरूद्वारा गरिएको प्रस्तुतिलाई गम्भीरतापूर्वक लिने गरिएको विकास व्यवस्थापन विज्ञ थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रस्तुतिपछि कहाँ–कहाँ के के सुधार गर्नुपर्नेछ, के कारणले आयोजना ढिलो भएको छ, आयोजना अगाडि बढाउन के अप्ठ्यारा छन् ती लगायतका विषय पहिचान गरी त्यसलाई कहाँ र कसरी सहजीकरण गर्न सकिन्छ, कसरी सहजीकरण गर्दा आयोजना छिटो सम्पन्न हुन्छ भन्नेबारे छलफल गर्ने गरिन्छ ।’’,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top