×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026

आईपीएल : बेंगलोरद्वारा राजस्थान ८ विकेटले पराजित, अंक तालिकाे शीर्षस्थानमा उक्लियाे

१७ आश्विन २०७७

१७ असोज, एजेन्सी ।
राजस्थान रोयल्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । शनिबार साँझ शेख जायद स्टेडियम आबूधाबीमा भएको १५ औं खेलमा स्पिनर युजभेन्द्र चहल, कप्तान विराट कोहली र युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलको उच्च प्रर्दशनमा बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे । पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा बोल्ड आउट भए । पाडिक्कललाई १६ औं ओभरको पाँचौ बलमा जोफ्रा आर्चरले योर्कर बलमा बोल्ड आउट गरेका थिए ।

Advertisement
Advertisement

 

दोस्रो विकेटकालागि कोहली र पाडिक्कले ९९ रनको साझेदारी गर्दै सहज जित पक्का गराए । तेस्रो ओभरको दोस्रो बलमा ओपनर आरोन फिन्चलाई श्रेयस गोपालले ८ रनमा एलबिडब्लू आउट गरे । एबी डिभिलियर्स १२ रनमा अविजित रहे । श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । राहुल टेवाटिया १२ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे । जोफ्रा आर्चर १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा अविजित रहे । सातौं विकेटका लागि आर्चर र टेवाटियाले २० बलमा ४० रनको अविजित साझेदारी गरेका थिए ।

तेस्रो ओभरको चौथो बलमा इसुरु उडानाले कप्तान तथा ओपनर स्टिभ स्मिथलाई पाँच रनमा बोल्ड आउट गरे । लगत्तै चौथो ओभरको पहिलो बलमा नवदीप सैनीले अर्का ओपनर जस बटलरलाई देवदत्त पाडिक्कलबाट २२ रनमा क्याच आउट गराए । बटलरले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको पहिलो बलमा राम्रो लयमा रहेका सन्जु स्यामसनलाई चहलले चार रनमा कट एण्ड बोल्ड आउट गर्दै राजस्थानलाई ३१–३ को कमजोर अवस्थामा पुर्याए ।

चौथो विकेटका लागि महिपाल लोमरोर र रोबिन उथाप्पाले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर चहलले ११ औं ओभरको पहिलो बलमा उथप्पालाई उडानाबाट १७ रनमा क्याच आउट गराए । उथप्पाले २२ बलमा १ चौका प्रहार गरे । उडानाले १६ औं ओभरको पाँचौ बलमा रियान परागलाई आरोन फिन्चबाट १६ रनमा क्याच आउट गराए । चहलको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने क्रममा महिपाल पाडिक्कलबाट ४७ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ३ छक्का र १ चौका प्रहार गरे ।

चहलले ४ ओभरमा २४ रन खर्चेर प्रमुख तीन विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा २० रन खर्चिए । इसुरु उडानाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर १ विकेट लिए ।

पाँचौ खेलमा राजस्थानले अक्टोबर ६ मा मुम्बई इन्डियन्ससँग खेल्ने छ भने बेंगलोरले अक्टोबर ५ मा दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

Advertisement

यो जितसँगै बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top