गण्डकी प्रदेशमा ४३ नयाँ संक्रमित थपिए, नवलपुरका मात्रै २६ जना

१७ असोज ७७, आइतबार

१८ आश्विन, पोखरा ।
गण्डकी प्रदेशमा थप ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा नवलपुरका मात्रै २६ जना छन् । जसमध्ये नवपुरको देवचुलीका पाँच जना, गैडाकोटका १५, विनय त्रिवेणीका दुई जना र कावासोतीका पाँच जना संक्रमित भएका छन् । तनहुँमा नौ जना संक्रमित भएका छन् ।

तनहुँका संक्रमितमध्ये देवघाट र व्यासका दुई–दुई जना र शुक्लागण्डकीका पाँच जना छन् । शुक्लागण्डकीका सबैजना जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।

लमजुङमा पाँच जना संक्रमित भएका छन् । लमजुङको सुन्दरबजारका तीन जना, राइनास र दोर्दीका एक–एक जना छन् । गोरखाको गोरखा नगरपालिका, स्याङ्जाको कालिगण्डकी, बागलुङको काठेखोलाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार संक्रमित हुनेसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ पुगेको छ । यता गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गुमेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचरत विनय त्रिवेणी गाउँपालिक, दुम्किबासका ३६ वर्षिय पुरुषको शनिबार दिउँसो ज्यान गुमेको हो ।

अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए । योसंगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top