×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन ः वरिष्ठ नेता पौडेल

२५ बैशाख २०७५

पोखरा, २५ वैशाख ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गरे ।

Advertisement
Advertisement

नेपाली काँग्रेसले बिपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा गरे।

“नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ”, उनले भने, “जनताको पक्षमा संविधान निर्माण भएको छ, बिपीको समाजवाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ ।”

बिपीको नाम बेचेर मूल पार्टी काँग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बिपीको सिद्धान्त एवं आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक एवं आवश्यक भएको बताए ।

नेपाली काँग्रेस महासमिति सदस्य विनिता अधिकारीले बिपी दूरदर्शी नेता भएको बताउँदै नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि उनले अघि बढाउनुभएको विचार तथा आदर्श प्रत्येक राजनीतिकर्मीका लागि प्रेरणको स्रोत भएको बताए ।

Advertisement
Advertisement

नेपाल महिला संघका जिल्ला अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डेलगायतले बिपीका विचारलाई जनतामाझ लैजान सकेमात्र पनि नेपाली काँग्रेसका पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गरे ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top