×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

सञ्चारकर्मीको अनसनप्रति विश्वप्रकाश र नारायणकाजीको ऐक्यवद्धता

१८ आश्विन २०७७

१८ असोज, काठमाडौँ ।
प्रमुख राजनीतिकदलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेटगरी उनीहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका हुन ।

लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चितहुने अवस्थाआउन नहुने उनीहरुको भनाई छ । सरकारले कोरोनाकालमा अग्रपंक्तिमा रहेका काम गरिरहेका व्यक्तिहरुको सुरक्षा, स्वास्थ्य र प्रोत्साहनका लागि ध्यानदिन नसकेको बेला सत्तारुढ दलकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कसैलाई पनि बाँच्न पाउने हकबाट बञ्चित गर्न नहुने बताए ।

Advertisement
Advertisement

विभिन्न कारण देखाएर सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिने, निष्कासन गर्ने, बेतलबी विदामा राखेर उनीहरुको बाच्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताए । सञ्चारकर्मीहरुलाई विना कारण जागिरबाट निकालिएको, समयमा तलब नदिएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण हुन नसकेको बेला सत्तारुढ दलका प्रवक्ता श्रेष्ठले कोरोनालाई कारण देखाएर सिर्जना गरिएको समस्याका कारण श्रमजीविहरुले आफ्नो हक गुमाउनु परेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना सुरु भएको ९ महिना मात्रै भएपनि मिडिया क्षेत्र विगत २, ३ वर्षबाट नै राज्यबाट प्रताडित रहेको बताए । सञ्चारकर्मीसँग व्यवस्थापक र लगानीकर्ताहरुको हितकालागि समेत सरकारले ध्यानदिन नसकेको उनले बताए । अहिले सञ्चारकर्मीहरुको अनसन प्रधानमन्त्रीको लोकतान्त्रिक संस्कृति प्रतिको प्रतिवद्धताको परीक्षाका रुपमा रहेको उनले बताए ।

Advertisement
Advertisement

विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरु विगत चार दिनदेखि रिले अनसनमा रहेका छन । सरकारले तोके अनुसारको सेवा सुविधा नदिएको, कोरोनाको कारण देखाउँदै जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने काम गरिएको भन्दै सञ्चारकर्मीहरु आन्दोलित भएका हुन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top