सिरियामा छ जना टर्किस् सैनिक मारिए

२४ बैशाख ७५, मंगलबार

अङ्कारा, २५ वैशाख ः सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ ।

उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्किस् सैनिकबीच भिडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन ।

Advertisement

टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा शुरु गरेको कारवाहीका क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारवाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिरियामा केही दिनअघि मात्र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायती सेनाले पनि आक्रमण गरेको थियो ।

Advertisement

तर सो आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रासायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top