अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, छिट्टै चुनाव प्रचार सुरु गर्ने

१९ असोज ७७, मंगलबार

२० असोज, एजेन्सी।

कोरोना संक्रमण पुष्टि भएपछि तीन दिन अघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन्  । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ ।

उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए ।

डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’

ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top