निजी विद्यालयलाई तोकिएको पब्लिकेशनको पुस्तक पढाउन प्याब्सन धनगढीको उर्दी

२० असोज, कैलाली । निजी विद्यालयको छाता संगठन (प्याब्सन) धनगढीले निजी विद्यालयमा तोकिएको पब्लिकेशनको पुस्तक पढाउन उर्दी जारी गरेको छ ।

प्याब्सन धनगढीको कार्य समितिको निर्णयअनुसार धनगढीका सबै निजी विद्यालयमा अनिवार्य रुपमा ओसन पब्लिकेशनको कम्प्युटर विषयको पुस्तक पढाउन उर्दी गरिएको हो ।

प्याब्सनको निर्णय नमान्ने विद्यालयलाई १० देखि ४० हजार रुपैयाँसम्म जरिवाना तिर्न र अबदेखि प्याब्सनका सबै निर्णय मान्न तयार छु भनेर निवेदन पेस गर्न विद्यालयलाई परिपत्र गरिएको छ ।

निर्णय नमान्ने विद्यालयलाई कडा कारबाहीको चेतावनी दिइएको छ । निर्देशन र चेतावनीबारे द गार्डनर विद्यालयका संस्थापक प्रिन्सिपल कैलाश दाहालले पत्रमा लेखिएको निर्णय र निर्देशन कानुनसम्मत छ भनेर प्रश्न गरेका छन् । प्याब्सन धनगढी अन्तर्गत ५३ विद्यालय आबद्ध छन् । प्याब्सन धनगढीका अध्यक्ष पदमबहादुर सावदले संस्थाको निर्णय पालन नगर्नेलाई कारबाही गर्न पत्र पठाएको बताए ।

उनकाअनुसार ९ वटा निजी विद्यालयले पुस्तक पढाउन अटेरी गरेका थिए । ७ वटा विद्यालयहरुले तोकिएको पुस्तक पढाउन सहमति जनाइसकेका छन् । दुई वटा विद्यालयले भने किताब पढाउन मानेका छैनन् । प्याब्सन धनगढीले अघिल्लो वर्ष आयोजना गरेको विद्यालयस्तरीय महिला क्रिकेट प्रतियोगितामा ओसन पब्लिकेशनले प्रायोजन गरेको थियो ।

प्रायोजन बापत एक लाख ५० हजार रुपैयाँ प्याब्सन धनगढीलाई दिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top