डा. केसीलाई भेट्न सरकारी टोली अस्पताल पुग्यो,अनशन तोड्न आग्रह

२० असोज ७७, मंगलबार
Share this
738shares

२० असाेज, काठमाडौं।

Advertisement

चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनसनरत डा गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्तपाल पुगेको छ । आमरण अनशन थालेको २२ औं दिन मंगलबार स्वास्थ्य सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले डा. केसीलाई भेटेको हो ।

भेटमा सचिव मैनालीले डा केसीका मागका विषयमा छलफल गर्न सरकारले हालसम्म कुनै पनि वार्ता टोली गठन नगरेको जानकारी गराउँदै अनशन तोड्न  आग्रह गरेका छन् । उनले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको डा केसीकी सहयोग डा तोषिमा कार्कीले जानकारी दिएकी छन्।

Advertisement

सरकारी टोलीले अनसन फिर्ता लिन आग्रह गरेपछि डा केसीले सरकारका प्रवक्ताले यसअघि नै सोही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्र दुःख नगरेको भएपनि हुने बताएका थिए।

उनले सरकारले आफ्ना मागका विषयमा छलफल गर्न आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top