×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भालुवाङले प्रदेशभरका वासिन्दाको मनोविज्ञान प्रतिनिधित्व गर्छ : मुख्यमन्त्री पोखरेल

२० आश्विन २०७७

२० असोज, बुटवल ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् । मंगलबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै  मुख्यमन्त्री पाेखरेलले अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको बताए ।

Advertisement
Advertisement

उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी) मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताए ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि पोखरेलले जिकिर गरे ।

उनले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि उनले बताए । ‘जबसम्म बनिसक्दैन तबसम्म हामी यहीँ हो बस्ने हो, निर्णय गर्नेवित्तिकै सर्ने हो भन्ने कुरा सत्य होइन’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले प्रदेश सार्न लागेको नभई बनाउन लागेको बताएका छन्। बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजेका रुपमा नबुझ्न आग्रह गरेका छन्। राजधानी बनाउन बाँकी नै रहेकाले त्यो दाङको भालुवाङमा बनाउन लागिएको उनले बताए।

उनले भने, ‘एउटा चर्चा चल्यो प्रदेश सार्न खोजियो। सार्न होइन बनाउन खोजेको हो। कहाँभन्दा पनि कस्तो बनाउने भन्ने बारे सोचौं। प्रस्तावित ठाउँले साझा मनोविज्ञान निर्माण गर्छ।’

यसको निर्णय आफूले मात्रै नगरेको उनले स्पष्ट पारे। प्रदेश सभाका सांसदहरु मध्येबाटै बनाइएको विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयन गरेको उनले बताएका छन्। दाङ राजधानी बनाउने कुरा उक्त प्रतिवेदनमा पहिलो विकल्पका रुपमा राखिएले त्यसलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

प्रदेससभालाई सम्बोधन गर्दै उनले भने, ‘उक्त समितिले दिएको प्रतिवेदन एकातिर र प्रदेश सरकारले अर्कातिर निर्णय गरेको भए विरोध जायज हुन्थ्यो।’

प्रदेशको राजधानी र नाम तोक्ने विषयमा प्रदेश सभाभित्रका सांसदहरुको विशेष समिति बनाइएको उनले स्मरण गरे।

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताए । पहिल्यै बसाइसराइबाट शहर बनिसकेको ठाउँमा भन्दा भर्जिन ल्याण्डमा व्यवस्थित र नमुना शहर बनाउन खोजेको पनि उनले बताए ।

मुख्यमन्त्री पोखरेलले आफ्नो ठाउँमा राजधानी लगेको भन्ने कुरा पनि गलत भएको जिकिर गरे । ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ आउन जति समय लाग्छ । बुटवलबट पनि त्यति नै समय लाग्छ’ उनले भने ‘दाङ जिल्लाको पुरन्धराबाट भालुवाङ आउन जति समय लाग्छ । नवलपरासीको बर्दघाटबाट पनि त्यति नै समय लाग्छ ।’

उनले सम्बोधनको सुरुवातमा एक आमाले प्रसव वेदना सहनुपरे जस्तै राजधानी तोक्ने प्रक्रिया पनि त्यस्तै रहेको बताए। नयाँ इतिहास निर्माण गर्दा समाजले त्यस्तै प्रसव वेदना सहनुपर्ने उनको भनाइ थियो। नयाँ कामका लागि असहजता हुने बताउँदै त्यसलाई स्वाभाविक रुपमा लिन आग्रह गरे।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top