२० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ९० हजार ८ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मात्र २३ सय ४० जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म उपचार पछि निको हुने कोरोना संक्रमितहरुको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ । आज २२ हजार ७ सय ९ वटा सक्रिय केशहरु छन् ।