२१ आश्विन, काठमाडौं ।
अनशनरत डा. गोविन्द केसीको अवस्था झन् जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।
उपचारमा संलग्न डा. सुवास आचार्यले डा. केसीको स्वास्थ्य अवस्था अत्यधिक चिन्ताजनक बनेको जानकारी दिए । उनका अनुसार रक्तचाप अत्यधिक मात्रामा घटेर ७०–५० पुगेको, सुगरको मात्र निकै कम भएको छ ।
‘‘नर्मल स्लाइन दिइएको छ, अन्य कुनै पनि उपचार सेवा लिन मान्नुभएको छैन,’’ उनले भने, “जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।” गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा डा. केसीले सत्याग्रह सुरु गरेका थिए ।