×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

आईपीएल : ब्याटिङ नचल्दा कोलकातासँग हार्याे चेन्नई

२२ आश्विन २०७७

२२ असोज, एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ । बुधबार राती शेख जायद स्टेडियम आबूधाबीमा भएको आईपीएल २०२० को २१ औं खेलमा कोलकातासँग चेन्नई १० रनले भएको हो । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो ।

जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईले सुरुवात राम्रो गरेपनि अन्त्य राम्रो गर्न नसक्दा पराजित हुन पुगेको हो ।

Advertisement
Advertisement

चेन्नईलाई जितको लागि १२ बलमा ३६ रन आवश्यक परेको थियो । १९ औं ओभरमा स्पिनर सुनिल नारायणले १० रन मात्र खर्चेपछि जितको लागि अन्तिम ओभरमा २६ रन आवश्यक परेको थियो । सुरुवाती दुई बल आन्द्रे रसेलले केदार जाधवलाई डट गराएपछि चेन्नईको जित टाढिएको थियो । तेस्रो बलमा एक रन दिए । चौथो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरे । तर चेन्नईको लागि उक्त छक्का ढिला भइसकेको थियो ।

पाँचौ र छैटौं बलमा लगातार चौका प्रहार गरेपनि त्यो जितको लागि पर्याप्त भएन । जाधव १२ बलमा १ चौका सहित ७ रनमा अविजित रहे । जडेजा ८ बलमा ३ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे ।

शिवम माभीको चौथो ओभरको चौथो बलमा ओपनर फाफ डु प्लेसिस एज लाग्दै विकेटकिपर दिनेश कार्तिकबाट १७ रनमा क्याच आउट हुन पुगे । डु प्लेसिसले १० बलमा तीन चौका प्रहार गरे । १३ औैं ओभरको पहिलो बलमा कमलेश नगरकोटीले आम्बाती रायुडुलाई सुभमन गिलबाट ३० रनमा क्याच आउट गराए । रायुडुले २७ बलमा तीन चौका प्रहार गरे । दोस्रो विकेटका लागि रायुडु र वाटसनले ६९ रनको साझेदारी गरेका थिए ।

१४ औं ओभरको पहिलो बलमा स्पिनर सुनिल नारायणले वाटसनलाई ५० रनमा एलबिडब्लू आउट गरे । वाटसनले ४० बलमा ६ चौका र १ छक्का प्रहार गरे । १७ औं ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनीलाई बरुण चक्रबर्तीले ११ रनमा बोल्ड आउट गरे ।

आन्द्रे रसेलको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका साम करन ओईन मोर्गनबाट १७ रनमा क्याच आउट भएपछि चेन्नईको जित कठिन बनेको थियो । करनले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे । कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । ड्वेन ब्राभोको १७ औं ओभरकपाँचौ बलमा शेन वाटसनबाट क्याच आउट हुनुअघि त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

पाँचौ ओभरको दोस्रो बलमा शार्दुल ठाकुरले ओपनर सुभमन गिललाई धोनीबाट ११ रनमा क्याच गराउँदै चेन्नईलाई पहिलो सफलता दिलाए । कोलकाताले आजको खेलमा ओपनिङ जोडीमा परिवर्तन गरेको थियो । सुरुवाती चार खेलमा खराब प्रर्दशन गरेको अलराउन्डर सुनिल नारायणको स्थानमा राहुल त्रिपाठीलाई ओपनिङ गराउने निर्णय लिएको थियो । पहिलो विकेटका लागि त्रिपाठी र गिलले ३७ रनको साझेदारी गरेका थिए । लेग स्पिनर करण शर्माले नवौं ओभरको पहिलो बलमा नितेश राणालाई रविन्द्र जडेजाबाट ९ रनमा क्याच आउट गराए । शर्मालेनै ११ औं ओभरको अन्तिम बलमा नारायणलाई १७ रनमा फाफ डु प्लेसिसबाट उत्कृष्ट क्याच आउट गराए । डिप मिड विकेटमा उत्कृष्ट क्याच हुनुअघि नारायणले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

साम करनको १४ औं ओभरको अन्तिम बाउन्सर बलमा सट खेल्न खोजेका ओईन मोर्गन एज लागेर धोनीबाट ७ रनमा क्याच आउट हुन पुगे । ठाकुरको १६ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेल एज लाग्दै धोनीबाट २ रनमा क्याच आउट हुन पुगेपछि कोलकाता १२८–५ को अवस्थामा पुगेको थियो । साम करनको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलका कप्तान दिनेश कार्तिक ठाकुरबाट १२ रनमा क्याच आउट हुन पुगे । प्याट कमिन्स ९ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।

करण शर्माले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुरले ४ ओभरमा २८ रन २ खर्चेर विकेट लिए । साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । ड्वेन ब्राभोले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । दीपक चहर सर्वाधिक महँगो बलर सावित भए । उनले ४ ओभरमा ४७ रन खर्चे ।

Advertisement

चेन्नईले अव आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ भने कोलकाताले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top