विराटनगर,साउन ३
वरिष्ठ चिकित्सक गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले आज आवहन गरेको देशब्यापी स्वास्थ्य संस्था बन्दको बिरोधमा बिरामी र तिनका बिरामीका आफन्तले बिराटनगर स्थित नोबेल असपतालमा प्रदर्शन गरेका छन् ।
बिराटनगर ४ कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले अस्पताल बन्दको बिरोधमा आज एक घण्टा प्रदर्शन गरेका हुन् । अस्पताल बन्द गर्न पाईदैन, बिरामीको स्वास्थ्यमा खेलवाड गर्न मिल्दैन,भयरहित वातावरणमा उपचार गराउँन पाउँने अधिकार सुनिश्चित गर’ लगायत नारा लगाउँदै अस्पताल अगाडि प्रदर्शन गरेका हुन ।
प्लेकार्ड र बिरामी दर्ता पुर्जासहित दर्जनौंको संख्यामा निश्किएका बिरामी र बिरामीका आफन्तले अस्पतालको मुलगेट अगाडि एक घण्टा प्रर्दशन गरेका थिए । अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी स्वरुप बिरामीका आफन्तले लाठीसहित प्रदर्शनसमेत गरेका छन् ।
नोबेल अस्पतालको मुलगेट, ओपीडी लगायत क्षेत्रमा उनीहरुले खबरदारी प्रदर्शन गरेका हुन् । बिरामीको सुरक्षार्थ पहरेदारीका लागि भन्दै उनीहरु लाठिसहित प्रदर्शनमा उत्रिएका हुन् । यसैबीच नेपाल चिकित्सक संघले आवहन गरेको बन्दको बिराटनगरमा आंसिक मात्र प्रभाव देखिएको छ । नोबेल शिक्षण अस्पताल, बिराट नर्सिङ होम लगायत स्वास्थ्य सस्थामा सम्पूर्ण स्वास्थ्य सेवा सूचारु रहेको छ ।