×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

विश्व स्वास्थ्य संगठन नेपाल प्रतिनिधि भन्छन्, ‘बानी सुधारौं नत्र लकडाउनको सामना गर्नुपर्छ’

२२ श्रावण २०७७

२२ साउन, काठमाडौं । नेपाल सरकारले लकडाउनलाई हटाएपछि संक्रमणको दर झनै बढ्ने संकेत देखिएको छ । काठमाडौं उपत्यका लगायत देशका मख्य ठूला शहरहरुमा समुदाय स्तरमा संक्रमण देखा परेको छ । संक्रमण दर पनि बढ्दै गएको छ । लकडाउन खुलेसँगै मानिसहरुको आवागमन पनि बढेको छ । संक्रमितहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने सम्भावना बढेको छ । यसलाई पछिल्लो समय समुदायमा संक्रमणका केसहरु देखिनुले पुष्टि गरेको छ । यति नै बेला सरकारले गलत समयमा लकडाउन गर्ने र गलत समयमा खोल्ने काम गरेको भन्दै आलोचना गर्नेहरु पनि धेरै छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोनाको अवस्था बारे कसरी हेरिरहेको छ । के नेपालमा महामारी फैलने खतराको संकेत देखा पर्न लागेको हो ? लकडाउन फेरी आवश्यक छ ? यीनै प्रश्नसहित विश्व स्वाथ्य संगठनका नेपाल प्रमुख डा. जोस भ्याण्डेलरसँग नेपाल टाईम्स संबाददाता सबिन धमलाले गरेको कुराकानी ।

नेपालामा पछिल्लो समय कोभिड १९ संक्रमणको दर बढ्दो क्रममा देखिएको छ, यसलाई विश्व स्वास्थ्य संगठनले कसरी हेरिरहेको छ ?

Advertisement
Advertisement

नेपालमा कुनै समय यस्तो थियो जतिबेला यहाँ देखिएका सबै संक्रमितहरू वैदेशिक रोजगरीबाट फर्र्किएका कामदारहरू थिए, मूलतः भारतबाट फर्किएका व्यक्तिहरू । यी व्यक्तिहरूमध्ये धेरै संक्रमित थिए । शुरूशुरूमा नेपालमा रहेका संक्रमितहरू भारतबाट फर्र्किएका थिए । नेपालमा आएपछि गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ देखिएको थियो । यी व्यक्तिहरूलाई आइसोलेसनमा पठाइयो, क्वारेन्टाइनमा राखियो, यीनै मुख्य संक्रमित थिए । पछिल्लो दुई महिनामा हामीले नेपालमा फर्कने व्यक्ति, आप्रवासीहरूको सङ्ख्यामा गिरावट आएको देखेका छौं । नेपाल फर्कने मानिसहरू सङ्ख्यामा कमी आएको छ । त्यसैले, कोभिडका संक्रमितहरूको सङ्ख्यामा पनि कमी आएको हो । अहिले संक्रमितहरूको सङ्ख्या बढ्न थालेको हामीले देखेका छौं । यसको अर्थ, गत हप्ता वा त्यसैको वरिपरि, संक्रमितहरूको सङ्ख्या पुनः बढ्न थालेको हो । यो अनपेक्षित भने होइन, किनभने हामीले अहिलेसम्म देखेको भनेको आप्रवासीहरूमा देखिएको संक्रमण हो, उनीहरूमध्ये धेरैलाई क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितहरूलाई आइसोलेसनमा राखिएको थियो । त्यहाँसम्म त ठीकै थियो । तर भाइरस मेटिइसकेको थिएन र विस्तारै अन्य मानिसलाई पनि भाइरसले संक्रमण गर्न थाल्यो । यो समय लकडाउन खुकुलो पार्ने समयमै पर्न गयो । लकडाउन खुकुलो भएपछि, मानिसहरूले जस्तो व्यवहार अपनाउनु पर्दथ्यो, त्यस्तो अपनाएनन् । तपाईले वरिपरि हेर्नुभयो भने पनि धेरै मानिसहरूले आवश्यक पर्ने आधारभूत दूरी कायम गरेको देख्नुहुन्न । सबै आधारभूत उपायहरू मानिसहरूले पालना गरेका छैनन्, र यसले जीवाणु फैलनलाई सजिलो बनाएको छ । हाम्रो विश्लेषण अनुसार, मानिसहरूले पर्याप्त दूरी कायम नगरेकाले नै उनीहरूमा विस्तारै संक्रमण देखिन थालेको हो ।

पछिल्लो समय लक्षणसहितका र कन्ट्याक्ट ट्रेसिङ नभएका संक्रमितहरु देखिएका छन् । यसबाट संक्रमण समुदायमा गइसकेको पुष्टि हुँदैन ? तपाईलाई के लाग्छ ?

समुदायहरूमा भइरहेका घटनाहरूलाई हेर्दा केही हदसम्म संक्रमण फैलिएको हो, तर व्यापक रूपमा संक्रमण फैलिसकेको छ भनेर हामीले भन्नु हतारो हुन्छ । स्थानीय तहहरूमा, तपाईले भने जस्तै कही कतै यात्रा नगरेका व्यक्तिहरू पनि विस्तारै संक्रमित भइरहेका छन् । हामीले अझ गहिरिएर विश्लेषण ग¥यौँ भने, आफैँ यात्रा नगरेका तर यात्रा गरेका व्यक्तिहरूको नजिकको सम्पर्कमा आएका धेरै व्यक्तिहरू भेट्न सक्छौँ । सबैको हकमा यो लागू नहोला तर आफैँले यात्रा नगरेका धेरै संक्रमितहरूको यात्रा गरेकाहरूसँगको सम्पर्क देखिन्छ । यसो भनिरहँदा, समुदायस्तरमा संक्रमण फैलिएकै छैन भनेर हामीले भन्ने खोजेका होइनौँ । केही स्थानहरूमा समुदायस्तरमा संक्रमण देखिएको छ, तर ती स्थानहरू स्थानीय स्तरमा रहेका छन् । हालसम्म नेपालभर समुदायस्तरमा संक्रमण फैलिएको छैन । अझै पनि साना ठाउँमहरूमा सीमित रहेको छ । उदाहरणका लागि कहिलेकाहीँ झुण्डमा, कुनै परिवारमा संक्रमण देखिएका छन्, तर यो अझै पनि व्यापक रूपमा फैलिएको छैन । सम्पर्कमा आएका व्यक्तिहरूको खोजी बारेको तपाईँको प्रश्न महत्वपूर्ण हो । किनभने कोही संक्रमित भएमा हामीले यस्ता व्यक्तिलाई अन्यबाट आइसोलेट गर्नुपर्दछ ताकि उनीहरूले अरुलाई संक्रमण सार्न नसकुन् । यो काम भइरहेको छ । संक्रमितहरूलाई आइसोलेसनमा राखिएको छ । तर सम्पर्कमा आएका व्यक्तिको खोजी गर्नु पनि जरुरी हुन्छ जसको अर्थ संक्रमितको सम्पर्कमा आएका सबैको, संक्रमित व्यक्तिको नजिकको वातावरणमा आएका सबैको खोजी गर्ने प्रयास गर्नु, उनीहरूको परीक्षण गर्नु र आवश्यक परेमा यी व्यक्तिहरूलाई आइसोलेसनमा राख्नु हो ।

यसरी हेर्दाखेरी विश्व स्वास्थ्य संगठनले यो अवस्था आउने बारे सरकारलाई सचेत त गराएको देखिएन । कि गराएको थियो ? के तपाईलाई सम्झना छ ?

हामी सरकारसँग नियमित छलफलमा छौं । उहाँहरूसँग अवस्था के छ, तथ्याङ्कले के भन्छ, कमी कमजोरीहरू के छन्, अझै थप के गर्नुपर्छ जस्ता विषयमा हामी निरन्तर छलफल गरिरहेका छौँ । विश्व स्वास्थ्य संगठनको भूमिका सरकारलाई सल्लाह सुझाव दिने हो । हामी कुनै पनि निर्णय लिदैनौं । निर्णय सरकारले लिन्छ । हामी सरकारसँग दैनिक रूपमा काम गरिरहेका छौं र उहाँहरूलाई तथ्याङ्कको विश्लेषण गर्न पनि सहयोग गरिरहेका छौं । हाल के भइरहेको छ, महामारी (इपिडियोमोलोजी) कसरी परिवर्तन भइरहेको छ अर्थात् विदेशबाट फर्किनेहरूको सङ्ख्यामा कमी आएसँगै संक्रमितहरूको विवरणमा कसरी परिवर्तन भइरहेको छ भन्ने विषयमा हामी सरकारसँग छलफल गरिरहेका छौं । संक्रमितहरूको सङ्ख्या घटेको छ । अब हामी अर्को चरणका लागि तयार हुनुपर्दछ किनभने संक्रमितहरूको सङ्ख्या बढ्नु साँच्चै जोखिमपूर्ण हुन्छ । हामीले सरकारसँग गरिरहेको छलफल यिनै विषयमा केन्द्रित रहेको छ ।

जनसंख्याको घनत्व भएका ठाउँहरूमा फेरि संक्रमणको दर बढी भेटिएको छ । तराइका प्रमुख शहरहरू सँगै काठमाडौंमा पनि । यो अवस्था आउनुमा कहाँ कस्तो खालको गल्ती भयो ?

सर्वप्रथम, मेरो विचारमा यो कसैमाथि दोष लगाउने विषय होइन जस्तो लाग्छ । मेरो विचारमा सकारात्मक भएर यी कुरालाई विश्लेषण गर्नु र समाधानको खोजी गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । समस्या के छन् भनेर खोतलीरहनु भन्दा पनि । मुख्य विषय भनेको हामी सबै एउटै धरातलमा छौं । हामी सबैले एउटै समस्याको सामना गरिरहेका छौं र यहाँ सबैको भूमिका रहन्छ । नागरिक समाज, सरकार वा विश्व स्वास्थ्य संगठनले पर्याप्त काम गरेनन् भन्ने होइन, त्यो विषय नै होइन । मुख्य विषय के हो भने हामी सबैले स्थितिलाई राम्रो बनाउन सक्नेसम्म काम गर्नु हो । हामीले प्रायः बिर्सिने कुरा के हो भने पर्दा पछाडि धेरै कामहरू भइरहेका छन् र यी कामको बारेमा मिडियामा सधैँ चर्चा हुँदैन, यी कुराहरू सामाजिक सञ्जालमा आउँदैनन्, मानिसहरूले यी कुराहरू सधैं देख्दैनन् । तर पर्दा पछाडि धेरै कामहरू भइरहेका छन् । हामीलाई लकडाउनका बारेमा थाहा छ । क्वारेन्टाइनमा के के भइरहेको छ भनेर सबैलाई थाहा छ । तर आवश्यक सामग्रीहरू पर्याप्त मात्रामा आपूर्ति होस् भन्नका लागि पनि धेरै कामहरू भइरहेका छन् । उदाहरणका लागि, परीक्षणको क्षमता बढाउनका लािग पनि सरकारले धेरै काम गरेको छ । यति हुँदाहुँदै पनि, अझै धेरै गर्न बाँकी नै छ । सम्पर्कमा आएका व्यक्तिहरूको विषयमा निश्चय नै अझै धेरै गर्न बाँकी छ । एकैपटक धेरै मानिसहरू गम्भीर रूपमा बिरामी भएमा सबै बिरामीहरूलाई उपचार गर्नका लागि अस्पताको व्यवस्था गर्नुपर्दछ । अझै धेरै प्रयासको आवश्यकता रहेका विषयहरू छन् । तर मेरो विचारमा एकदमै कम काम भएको छ भनेर भन्न मिल्दैन । पर्दा पछाडि धेरै काम भएका छन् । सरकारले धेरै काम गरेको छ । नागरिक समाजले पनि धेरै काम गर्न सक्छ । मेरो भनाइको अर्थ, यदि नागरिक समाजले आफ्ना सदस्यहरूबीच दूरी कामय गर्ने, धेरै मानिसहरूको वरिपरि हुँदा मास्क लगाउनु पर्ने, नियमित रूपमा हात सफा गर्नुपर्ने, खोक्दा सही तरिका अपनाउने पर्ने आदि जस्ता महत्वपूर्ण सन्देशहरू प्रसार गर्न सक्छन् । यी विषयमा सबैको जिम्मेवारी रहन्छ । तर धेरै अवस्थामा हामी सरकारले के गरिरहेको छ भनेर मात्रै हेर्छौं, हामी आफैले चाहिं केही गरिरहेका छैनौं, के गर्नुपर्छ भन्ने कुरा चाहिं बिर्सिन्छौं । हामी सबैको भूमिका छ भन्ने कुरा महत्वपूर्ण रहेको छ र यो एउटा सन्देश पनि हो ।

तपार्इँले अहिले भर्खरै भन्नुभएकै कुरालाई म अर्कै तरिकाले सोध्न चाहन्छु । हामी सम्भावित जोखिमको अवस्थामा छौँ, यो स्वास्थ्य मन्त्रालयले पनि औपचारिक रूपमा भनिसकेको छ । अब यो अवस्था आउन नदिन अर्थात् सम्भावित विस्फोट हुन नदिनको लागि के गर्ने ? के लकडाउन उपाय हुन सक्छ ?

संक्रमितहरूको सङ्ख्या विस्तारैै बढ्दै गइरहेको हामीले देखिरहेका छौं र प्रेसले पनि यो विषय उठाइरहेको छ । उसो भए, हामीले के गर्न सक्छौं त ? हामीले पक्कै केही गर्न सक्छौँ भनेर हामीलाई थाहा छ । हामीले गर्न सक्ने भनेको दूरी कायम गर्ने हो । यो भाइरस यत्तिकै फैलिएको होइन । एक व्यक्ति संक्रमित भएपछि अर्को व्यक्ति संक्रमित हुनका लागि भाइरस सर्नु पर्दछ । यदि हामीबीच पर्याप्त दूरी भएमा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्नका लागि धेरै गाह्रो पर्दछ । हामीले अपनाउनु पर्ने भनेर सधैँ भनेर पनि नपुग्ने यो नै सबैभन्दा आधारभूत नियम हो । कुनै पसलमा कुनै सामान किन्दा होस् वा कतै बाहिर जाँदा होस वा बसमा यात्रा गर्दा नै किन नहोस्, जहाँसुकै पनि तपाईँले यो नियमको अनुसरण गर्नुपर्दछ । आफू र अर्को जोकोही व्यक्तिबीच कम्तीमा १ मिटरको दूरी भएको सुनिश्चित गर्नुपर्दछ । यदि तपाईले आफ्नो हात फैलाउँदा अर्को व्यक्तिलाई छुन सक्नुहुन्छ भने तपाई एकदमै नजिक हुनुहुन्छ भन्ने बुझ्नुहोस् । हामीले गर्नुपर्ने आधारभूत कुरा नै त्यही हो । धेरै मान्छेहरू भएको वातावरणमा मास्कले सहयोग गर्दछ । मास्क लगाउनाले सहयोग गर्दछ, किनभने, यदि संक्रमित व्यक्तिले खोक्दा वा बोल्दा, भाइरस उत्पादन हुन्छ र बाहिर निस्किन सक्छ । भाइरस धेरै पर पुग्दैन तर यदि कोही मानिसहरू वरिपरि भएमा र पर्याप्त दूरी कायम गर्न नसकिएमा, मास्कले भाइरसलाई धेरै पर पुग्नबाट रोक्छ । त्यसैले, मास्कले निश्चय नै सहयोग गर्दछ, तर मास्क लगाएको छ भन्दैमा दूरी कायम नगरे पनि हुन्छ भन्ने चाहिं होइन । त्यस्तो गर्नु हुँदैन । दूरी कायम गर्नु धेरै नै महत्वपूर्ण हुन्छ । मास्कले सहयोग गर्छ, हात धुँदा सहयोग हुन्छ, खोक्दा अपनाइने व्यवहारले सहयोग गर्दछ । यी कुराहरू महत्वपूर्ण हुन् ।

हामीले यी कुराहरूको अनुशरण गर्नुपर्दछ । लकडाउनका बारेमा तपाईको प्रश्नको बारेमा, के नयाँ लकडाउन आवश्यक छ भन्ने विषयमा, यो नितान्तः सरकारको निर्णय हो । किनभने, लकडाउनले मानिसहरूलाई दूरी कायम गर्न बाध्य बनाउँछ । यदि कोही पनि घरबाट निस्किन पाएन भने, नजिकै रहने गरी धेरै मानिसहरूको भीड हुँदैन । त्यसैले, लकडाउन भनेको दूरी कायम गर्न मानिसहरूलाई बाध्य बनाउनु हो । यदि दूरी कायम गर्ने विषयमा हामी अनुशासित भयौँ भने, शायद लकडाउन नगर्दा पनि हुन्छ ? तर, यदि मानिसहरूले त्यस्तो (दूरी कायम) गर्न सकनेनन् भने, सरकार लकडाउन गर्न बाध्य हुनसक्छ । लकडाउनको विभिन्न अर्थ हुनसक्छ । पहिलेको तीन महिनासम्म भएजस्तो देशैभरि लकडाउन गर्नुपर्ने आवश्यकता नरहन पनि सक्छ । तर, स्थानीय स्तर केन्द्रित लकडाउन चाहिं शायद सामाधान हुनसक्छ ।

Advertisement
Advertisement

साथै, लकडाउन कसरी गर्ने भन्ने विषयमा पनि विविधता रहेको छ । पूर्ण लकडाउन गर्ने कि आंशिक भन्ने विषयमा । के के कुरा चल्न दिने ? मेरो विचारमा, हामीले लकडाउनबाट के कुरा हासिल गर्न खोजेका हौं भन्ने विषय निर्धारण गर्दा यी सबै निर्णयहरू उपर ध्यान दिनुपर्दछ । लकडाउन विकल्प त हुँदै होइन । सरकारले लकडाउन खुकुलो बनाउन शुरू गर्दै गर्दादेखि नै हामीले आवश्यक परेमा पुनः लकडाउन गर्ने विकल्प हुनुपर्दछ भनेर भन्दै आएका छौं । लकडाउन सम्बन्धी निर्णय लिनु एक गाह्रो काम हो । यो स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित निर्णय होइन, स्वास्थ्य क्षेत्रले डोहो¥याउने निर्णय भने पक्कै हो । यदि महामारीको अवस्था छ भने, लकडाउनले भाइरसलाई फैलिनबाट रोक्छ । तर यसको अर्थतन्त्र, सामाजिक जीवन र अन्य पक्षमा अन्य धेरै प्रभाव हुन्छ । र यो सन्तुलनको विश्लेषण सरकाले गर्नुपर्दछ । त्यसैले हामीले गर्नुपर्ने काम हामीले ग¥यौं भने, कडा वा लामो लकडाउनको आवश्यकता कम हुनसक्छ । यदि हामीले राम्ररी व्यवहार गरेनौं भने, सरकारले केही हदसम्मको लकडाउन गर्नुपर्ने हुनसक्छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top