वैदेशिक रोजगार बोर्डले १९ सय ३७ बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने

९ जेठ, काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले शैक्षिक सत्र २०८७ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएको र प्राप्त निवेदन मध्ये अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार १९ सय ३७ जनाका लागि छात्रवृत्ति रकम एक करोड ८५ लाख २ हजार रुपैयाँ हुन आउँछ ।

त्यो रकम जिल्ला अनुसार चेक तयार भएको र सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई पठाउने तयारी भइरहेको उनले बताए ।
अझै बाँकी जिल्लाको भने निवेदन उपर छानबिन भइरहेको । कार्यविधि अनुसार निवेदन दिनेहरू योग्य भएमा सबैले यो छात्रवृत्ति पाउँछन् ।

कार्यविधि अनुसार वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अङ्गभङ्ग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीले वैदेशिक रोजगार बोर्डमार्फत शैक्षिक छात्रवृत्ति पाउने व्यवस्था छ । सरकारले पहिलो चरणमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

माध्यमिक तहसम्म पढ्ने बालबालिकाले बोर्डमार्फत प्रदान गर्ने छात्रवृत्ति पाउँछन् । यस्तो छात्रवृत्ति एक कक्षाका लागि एक पटक मात्र उपलब्ध हुन्छ । आधारभूत तहमा बढ्ने बालबालिकाले वर्षमा आठ हजार रुपैयाँ र माध्यमिक तहमा पढ्नेले वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति पाउँछन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top