NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

शेरधन राई–बालिका खड्का विवादमा जाङ्मु शेर्पाको प्रवेश (भिडियो सहित)

शुक्रबार बैशाख १० , २०७८
Reading Time: 1 min read
A A
यायातात ब्यवसायीसँग मुख्यमन्त्री राईको भर्चुअल छलफल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० वैशाख, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सार्वजनिक स्थानमा,सार्वजनिक रुपमा अपशब्द बोल्ने बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको भिडियो बिहिबार भाइरल भयो ।

नेकपा एमालेको कार्यालयमा मुख्यमन्त्री राईलाई उनकै अगाडी तथानाम गरेको भिडियो हेरेर पक्ष र विपक्षमा धारणाहरु व्यक्त गरिए । सामाजिक संजालमा यो भिडियो तातिएसँगै यसको राप राजनीतिसम्म पुगेको छ । खासगरी, मुख्यमन्त्री राईले यौनहिंसा गरेको दाबी गर्ने खड्का र मुख्यमन्त्री राई, दुवैले समर्थनसँगै आलोचना पनि पाए । मुख्यमन्त्री राई र खड्काबीचको विवाद निकै लामो समयदेखि चल्दै आएको विषय हो । मुख्यमन्त्री राई विरुद्ध यौन उत्पिडनको दाबी गर्ने खड्काले अंश मुद्धा दायर गरेर, गल्ती भएको भन्दै पछि फिर्ता पनि लिएकी थिइन् । अदालतमा पुगिसकेको मुद्धा फिर्ता लिने बालिका अहिले आएर फेरि राईविरुद्ध असभ्य, अमर्यादित र अशोभनीय शब्दवाण चलाउदै आगो वकली रहेकी छन् । विषय ब्यक्तिगत भएपनि सार्वजनिक पदमा आसिन मुख्यमन्त्री राईमाथि फेरी पनि सार्वजनिक मञ्चमा यस्तो घटना भएपछि भने अधिकांशले सत्यतथ्य सार्वजनिक हुनुपर्ने धारणा राखेका छन् । यहि क्रममा मुख्मन्त्री राईकी श्रीमती जाङ्मु शेर्पाले मुख्यमन्त्री राईको बचाउ गरेकी छिन् । फेसबुकमा लामो स्टाटस लेख्दै शेर्पाले खड्काले मुख्यमन्त्रीविरुद्ध दायर गरेको मुद्धा फिर्ता लिएको र माफी मागेको पत्र समेत सार्वजनिक गरिदिएकी छिन् । शेर्पाले फेसबुकमा लेखेकी छिन्–मेरो श्रीमान बिरुद्व बिगत लामो समय देखि वहाँको चरित्र हत्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा म राम्रो जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन, अन्यायको बिरुद्व बोल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दोष बिना एउटा महिलाको नाममा यो हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दुखद छ ! मेरो श्रीमानले पिडीत बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु !

मुख्यमन्त्री राई विरुद्ध खड्काले आफूमाथि यौन दुव्र्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गरेकी थिइन् । पछि खड्काले फिर्ता लिएको उक्त मुद्धाको कागजपत्र, मुख्यमन्त्री राई की श्रीमती शेर्पाले सार्वजनिक गरेकी छिन् । उक्त मुद्धा फिर्ता लिँदा खड्काले आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको बताएकी थिइन् । मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि यौन दुव्र्यवहारको आरोप सार्वजनिक रुपमै लगाउँदै आएकी खड्काले मुद्धा फिर्ता लिँदा अदालतमा पेश गरेको कागजमा लेखिएको छ, ‘म आफू अरुको दुरुत्साहनमा परी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो ।’ यस्तै मुद्धा फिर्ता लिइसकेपछि खड्काले तत्कालिन नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल समक्ष समेत माफी माग्दै आफूले लगाएको आरोप झुटा भएको बताएकी थिइन् । सो पत्र समेत सार्वजनिक गर्दै शेर्पाले लेखेकी छिन्–मैले अरुको उक्साहटमा वहाँलाई आरोप लगाएको भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमको हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्तो हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियोजीत, प्रायोजीत ढंगबाट अरु कुनै केही गल्ति कमजोरी नपाएर, आफ्नो राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेरो श्रीमान बस्नु भएको भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ !

LS Auto

मुख्यमन्त्री राईले पनि आफूमाथि सुनुयोजित षड्यन्त्र गरिएको भन्दै खड्काको दाबी झुटो भएको पटक पटक बताउँदै आएका छन् । तर बिहिबार थापाथलीस्थित नेकपा एमालेको नयाँ कार्यालय पुगेकी खड्काले मुख्यमन्त्री राई कै अगाडी अपशब्द प्रयोग गर्दै गालीगलौज गरेकी थिइन् । मुख्यमन्त्री राईले यौन शोषण गरेर आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै उनले आफूले न्याय पाउनुपर्ने बताइन् । सार्वजनिक स्थानमा यसरी नै अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पटक पटक पक्राउ गरिसकेको छ । बालिका खड्का दोलखा, कालिञ्चोक–४ की युवती हुन् । प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेकी, तत्कालीन नेकपा एमाले युवा संघको निर्वाचित केन्द्रीय सदस्य खड्काले मुख्यमन्त्री राईलाई पति भन्दै आफूलाई धोका दिएको बताउने गर्छिन् । राईसँग पार्टीगत कामको सिलसिलामा भेटघाट हुँदा नजिकिएको र पछि राईसँग ‘लिभिङ टुगेदर’ मा बसेको खड्काको जिकिर छ ।

 

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.