२४ पुस, काठमाडाैँ ।
सुनचाँदी व्यवसायीहरुले कोभिड–१९का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धारासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यहीअवस्था रहेमा धारासायी हुने अवस्थामा पुग्ने बताएका छन् ।
यस्तै लकडाउन खुलेपछि पनि सुनको भाउमा उच्च वृद्धि हुँदा व्यापार कम भएकाले समस्या उत्पन्न भएको बताएका छन् । शुक्रबार सुनचाँदी व्यवसायी महासंघको आठौं महाधिवेसन तथा तेस्रो साधारणसभामा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं गएका सुनचाँदी व्यवसायीले कोभिडले सुनचाँदी व्यवसायमा निराशा ल्याएको बताएका छन् ।