जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

२९ भदौ , काठमाण्डौ । जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यसैबीच १३३ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भई उपचाररत छन्। प्रधानमन्त्री सुशीला कार्कीले घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने, आन्दोलनका क्रममा… Continue reading जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो ,मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी

२८ भदौ ,काठमाण्डौ । जेन–जी आन्दोलनको बलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्। ६ महिनाभित्र मध्यावधि निर्वाचन गर्ने स्पष्ट म्यान्डेटसहित उनले देशको कार्यकारी नेतृत्व सम्हाल्न थालेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शनिबार उनी औपचारिक रूपमा पदभार ग्रहण गर्ने तयारीमा छिन्। नेपालकी पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास रचिसकेकी कार्की… Continue reading जेन–जी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री, ६ महिनाभित्र निर्वाचन गर्ने जिम्मेवारी