प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

४ भदौ, विराटनगर ।  सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गरेको हो । १० महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । २०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर टिकटक बन्द गरेको थियो । सामाजिक सद्भाव खल्बल्याउन… Continue reading प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटकमाथि भएको प्रतिबन्ध खोल्दै ओली सरकार

नेपालमा टिकटकमाथि प्रतिबन्धबारे एसिया इन्टरनेट कोअलिसनको आपत्ति, सरकारलाई पत्राचार

२४ मंसिर, विराटनगर । सामाजिक सञ्जालहरुको संस्था एसिया इन्टरनेट कोअलिसन (एआईसी) ले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ । एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा टिकटकसँगै अरु सामाजिक सञ्जाल एपमा प्रतिबन्ध लगाउनेबारे सरकारको तयारीलाई लिएर आपत्ति जनाएको छ । संस्थाले पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading नेपालमा टिकटकमाथि प्रतिबन्धबारे एसिया इन्टरनेट कोअलिसनको आपत्ति, सरकारलाई पत्राचार

आजदेखि टिकटकको पूर्ण इजलासमा सुनुवाइ

१९ मंसिर,काठमाण्डौ । सामाजिक संजाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । गएको कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट दर्ता भएका थिए । ती रिटहरुमाथि मंसिर ५ गते भएको सुनुवाइको क्रममा कारण देखाउ… Continue reading आजदेखि टिकटकको पूर्ण इजलासमा सुनुवाइ

टिकटक प्रतिबन्धको कारण प्रचण्डले लिखितम दिए

१५ मंसिर,काठमाण्डौ । चर्चित सामाजिक संजाल टिकटमाथि सरकारले प्रतिबन्ध लगाएपछि यो निर्णयविरुद्ध परेका रिट सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । प्रारम्भिक सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउ आदेश दिएको अदालतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको भन्दै प्रतिबन्ध गर्नुपरेको लिखितम जवाफ दिएका छन् । सर्वोच्च अदालतमा दर्ता भएका… Continue reading टिकटक प्रतिबन्धको कारण प्रचण्डले लिखितम दिए

टिकटक प्रतिबन्धको फैसला कहिले आउँछ ?

४ मंसिर,काठमाण्डौ । नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन सुनुवाइका लागि आज न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन् । तिनको आज प्रारम्भिक सुनुवाइ गर्न पेसी तोकिएको हो । सरकारको निर्णयबमोजिम नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने… Continue reading टिकटक प्रतिबन्धको फैसला कहिले आउँछ ?

दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु

३ मंसिर, काठमाण्डौ । सरकारको निर्णयपछि प्रतिबन्ध गरिएको सामाजिक संजाल टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए तत्काल जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो । प्राधिकरणबाट निर्देशन भइसक्दा… Continue reading दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु

टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्चमा ५ रिट / सर्वाेच्चले खोल्छ त  प्रतिबन्ध ?

१ मंसिर,काठमाण्डौ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट… Continue reading टिकटक प्रतिबन्धविरुद्ध सर्वाेच्चमा ५ रिट / सर्वाेच्चले खोल्छ त  प्रतिबन्ध ?

टिकटक त बन्द भो, त्याहा भएका भिडियो के हुन्छन् ?

३० कार्तिक, काठमाण्डौ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको एकथरीले बताउँदै आएका छन् भने अर्कोथरी टिकटकमा देखिएका विकृतिहरुले गर्दा टिकटक बन्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउँदै आएका छन् । सत्ता पक्षकै सांसदहरु सरकारको टिकटक बन्द गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् । नेपाली… Continue reading टिकटक त बन्द भो, त्याहा भएका भिडियो के हुन्छन् ?

टिकटक बारे रविकै अघि प्रचण्डले झुट बोले

२८ कार्तिक,काठमाण्डौ । सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णयको समर्थन र विरोधमा प्रष्टसँग दुई धार देखिइरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई सत्य मान्ने हो भने शीर्ष नेतृत्व तहमा नेताहरुबीच सहमति भएर टिकटक बन्द गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएपछि… Continue reading टिकटक बारे रविकै अघि प्रचण्डले झुट बोले