७ पुष,काठमाण्डौ । नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर… Continue reading नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द
Tag: #नारायणगढ–मुग्लिन सडक
नवलपुर तथा रुपन्देही क्षेत्रमा आज बाढीको जोखिम
१६ असार,काठमाण्डौ । पछिल्लो ६ घण्टामा नवलपरासी (बर्दघाट सुस्तापूर्व), बर्दघाट सुस्ता पश्चिम, रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको छ । जसका कारण सो जिल्ला भई बहने खोला÷नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ । नदी तटीय क्षेत्रमा दिउँसो… Continue reading नवलपुर तथा रुपन्देही क्षेत्रमा आज बाढीको जोखिम
आज तीन जिल्लाका नदीमा बाढी आउने / नारायणगढ–मुग्लिन सडकमा पहिरो
१५असार ,काठमाडौं । आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ। महाशाखाका… Continue reading आज तीन जिल्लाका नदीमा बाढी आउने / नारायणगढ–मुग्लिन सडकमा पहिरो
नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बेपत्ता सहचालकको खोजी जारी
५ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक राति चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले… Continue reading नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बेपत्ता सहचालकको खोजी जारी
पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन
२७ जेष्ठ ,चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले बन्द भएको सडक फेरि सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नं ६ तोपे खोलामा आज शुक्रवार बिहान पौने ९ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । बुधवार रातिदेखि पहिरोका कारण यो सडक… Continue reading पहिरोले ठप्प नारायणगढ–मुग्लिन सडक सञ्चालन